नेपाल अटो मेकानिक्स व्यवसायी संघद्धारा आयोजित क्षेत्रगत खुल्ला रक्तदान तथा निःशुल्क आखाँ शिविर कार्यक्रम संघका अध्यक्ष दिपेन्द्र बुढाथोकीको सभाध्यक्ष एवं मध्यपुर ठिमी नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष बाबुकाजी डंगोलको आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा संघका नि. वर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै हाल फैलिरहेको डेँगूका कारणले हस्पीटलमा विरामीहरुको उपचारमा रगतका कारणबाट भोग्नु परेका समस्याहरुलाई ध्यानमा राखी नेपाल अटो मेकानिक्स व्यवसायी संघले क्षेत्रगत रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै जाने साथ साथै मेकानिक्सहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर पनि संचालन गर्ने जानकारी गराउनु भएको थियो भने वडा अध्यक्षले यस्ता प्रकारका कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा ६६ जना रक्तदाताहरुले रगतदान गर्नु भएको थियो भने १०३ जनाले आखाँ जाँच गराउनु भएको थियो ।
उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने संघका सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु, स्वस्थ्यकर्मीको व्यवस्था गर्नु हुने एपीआई विज्नेश प्रा.लि, आर्थिक सहयोग गर्नु हुने श्री जाल्पादेवी अटो वक्र्स, शिवशक्ती इन्जिनियरिङ्ग, कार्यक्रम संचालन गर्नका लागी ठाउँ उपलब्ध गराउनु हुने हलेशी अटो वर्कशपका केशव ओली उक्त कार्यक्रमका संयोजक संघका सचिव इन्द्र ब. प्रधान, सदस्य जगन्नाथ वस्याल एवं सदस्य शिव प्रसाद दाहाल लगाएत सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्द आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा संघका अध्यक्ष दिपेन्द्र बुढाथोकीले गर्नु भएको थियो ।