सुजुकीका दुई एसयूभीहरु अब नेपाल अधिराज्यभर

नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई एसयूभीहरु अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राइभ गर्न सकिने भएको छ ।

आगामी साउन २२ देखि यी एसयूभी शोरुमहरुमा उपलब्ध हुने भएको छ ।

सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोङ्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले ती एसयूभीहरुको बुकिङ गत असार २९ देखि नै खुल्ला गरेको थियो ।

कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई यी एसयूभीको मूल्य निर्धारण गरेको जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोङ्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक हो ।

यो मोडलको माग विश्वभर नै निकै रुचाइएको छ ।

सुजुकी जिम्नी अल्टिमेट अफरोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोर ह्विल ड्राइभ प्रणाली, अल ग्रिप प्रोका साथ आउछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफरोड सुविधाहरू समावेश गर्दछ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

नयाँ सुजुकी फ्रोङ्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो ।

‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोङ्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ।

प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित फ्रोङ्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *