Skip to content
अब ५० लाख रुपैयाँसम्म सेयर धितोकर्जाको जोखिमभार शतप्रतिशत हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशनले यस्तो व्यवस्था गरेको हो ।
यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भारको व्यवस्था रहेको थियो ।
तर, अब भने ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार शतप्रतिशत हुने राष्ट्र बैंकले निर्देशन मार्फत जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम नै गरेको छ ।
यता, २५ लाख रुपैयाँसम्मको हायरपर्चेज तथा अटो लोनमा पनि शतप्रतिशत जोखिम भारको व्यवस्था गरिएको छ ।
तर, २५ लाख रुपैयाँभन्दा माथि हायरपर्चेज तथा अटो कर्जाको जोखिम भार र १५० प्रतिशत कायम भएको छ । यसअघि पनि सोही व्यवस्था रहेको थियो ।