नासा नेपालको नयाँ नेतृत्व चयन, दसरथ रिसाल सर्वसम्मत अध्यक्ष

नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ। नासाले निवर्तमान अध्यक्ष दसरथ रिसाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

नेपाल अटोमोबोइल्स संघका केन्द्रिय कार्य समितिको निर्वाचनका लागि भएको छैठौँ चुनावी साधारण सभाले २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवौ चुनावी साधारण सभाबाट उपाध्यक्षमा डा बुलन्द थापा, उपाध्यक्षहरूमा सिताराम न्यौपाने, अनिल कुमार बराल निर्वाचित भएका छन् भने महासचिव पदमा सुशिल तण्डुकार, सचिवमा सन्तोष न्यौपाने र निरज खड्का क्षेत्री रहेका छन ।

त्यस्तै कोषाध्यक्षमा धान्यमणि नेपाल र सदस्यहरुमा श्रमिक जिसी, सञ्जु बज्राचार्य, प्रज्ञा अघिकारी, भिक्ट्री थापा, यदुराज लामिछाने निर्वाचित भएका छन्। यस्तै, नयाँ कार्यसमितिले सचिवमा महेश अधिकारी, बिनोद तण्डुकार, दिप्रश शाक्यलाई मनोनयन गर्यो भने सह कोषाध्यक्षमा कमला क्षेत्री र सदस्यमा चादमाला मास्के, मिङ्मा डोल्मा, सञ्जय बराललाई मनोनित गरेको छ ।

नवौं साधारण सभामा National Sports council का Member secretary टंक लाल घिसिङ, इन्टरमोडल transport development board का executive director आशिष गजुरेल, Nepal Olympic committee का सह महासचिब पिताम्बर तिम्सिना, Bagmati Province Sports Development Council का सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष रमेश पौडल, Nepal Skating and skate board का अध्यक्ष अच्युत खनाल, नेपाल baseball and softball संघका अध्यक्ष दिपक न्याैपाने, Nasa foundation Nepal का संयोजक कृष्ण सिंह वस्नेत, Paper Presenter दीपक थापा, तथा हिम विक्रम केसी, Road safety की Dr. भगवती सेढाई, Nepal foreign employment board का executive director द्वारिका उप्रेति, राखेपका मिन शर्मा, चन्द्र राई र नारायण राज अर्याल लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी प्रदेश संघका अध्यक्ष लगायतका सम्पुर्ण प्रतिनिधिहरू, तदर्थ समिति, क्लव तथा एसोसिएट सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *