मापदण्डविपरीत तीनकुने पुल

तीनकुनेस्थित बागमतीको पुलको ठेक्कामा बदनाम सांसद ठेकेदार हरि नारायणप्रसाद रौनियारद्वारा सञ्चालित पप्पु कन्स्ट्रक्सनले राजधानीको अस्तव्यस्त सडकमा थपेको भार हो ।

२१ करोड रुपैयाँ खर्चमा साढे ३ वर्ष लगाएर बनाउन सरकारले पप्पु कन्स्ट्रक्सनसँग २०७१ साल पुसमा ठेक्का सम्झौता गरेको थियो।

२०७४ साल मै दुई लेनको कुल १७० मिटर लामो २ वटा पुल बन्नुपर्ने हो ।

तर, २०७६ सालमा गरिएको स्थलगत निरीक्षणमा पुलको पाइलमा गम्भीर त्रुटि पाइएपछि काम रोकिएको थियो।

२९.५ मिटर गहिरो पाइल निर्माण गर्नुपर्नेमा पप्पुले १६.५ मिटरको मात्र बनाएर झारा टार्ने काम गरेको थियो भने २ वटा पाइल निर्माणाधीन अवस्थामै भाँचिएको थियो।

डिजाइन अनुसार समस्याको समाधान गरेर मात्र काम अघि बढाउन निर्देशन भए पनि कम्पनीले जबरजस्ती पुलको सब-स्ट्रक्चर निर्माण गरेर ढलान थालेपछि ठेक्का तोडिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २०७६ मै कालोसूचीमा राखेको छ।

आयोजनाले २०७१ सालमा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एण्ड ब्रिज) बाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *