सिमित संस्करण एक प्रिमियम प्रस्ताव हो जसले विशिष्टता सुनिश्चित गर्दछ र विशिष्ट प्रकृति प्रतिबिम्बित गर्दछ ।
यस सिमित संस्करण रोज्ने ग्राहकहरुले BYD ATTO 3 को उत्कृष्ट कार्यसम्पादन र विश्वसनीयताको आनन्द
लिनुका साथै सडकमा आफ्नो व्यक्तित्व र शैली पनि प्रदर्शन गर्नेछन ।
“हामी नेपाली बजारमा BYD ATTO 3 को सिमित संस्करणमा फरेस्ट ग्रीन पेश गर्न पाउँदा उत्साहित छौं”
साइमेक्स इन्क प्रालिका नेशनल सेल्स हेड आशुतोष गौतम भन्नुहुन्छ, “यो विशेष संस्करणले हाम्रा मूल्यवान ग्राहकहरुलाई अद्वितीय र प्रिमियम प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई प्रतिनिधित्व गर्दछ ।
यसको मनमोहक रंग, उन्नत सुविधाहरु र असाधारण दायराका साथ, हामी विश्वास गर्छौं कि सिमित संस्करणको BYD ATTO 3 ले अपेक्षाहरु
परा गर्नेछ र वास्तवमै उल्लेखनीय ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।”
यस सिमित संस्करणका फरेस्ट ग्रीन १०० इकाइ मध्ये एक आफ्नो नाममा सुरक्षित गर्न चाहनु हुने महानुभावहरुले हाम्रो आधिकारिक वेवसाइट www.cimex.com.np मा जान सक्नुहुनेछ अथवा आफ्नो निकटतम BYD डिल संग सम्पर्क गर्न सक्नु हुनेछ ।