सरकारले बेवास्ता गर्दा यात्रुहरू ठगिदैं

गत ८ जेठमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै बागमती प्रदेशस्तरको नयाँ भाडादर कायम गरी ११ जेठमा राजपत्रमा प्रकाशन गरेको थियो ।

तर, नयाँ भाडादर कार्यान्वयनको सम्बन्धमा सरकारी निकायले बेवास्ता गर्दै आइरहँदा यात्रुहरू ठगिनुपरेको छ ।

बागमती प्रदेश, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बढी भाडादर असुल्ने, अभद्र व्यवहार गर्ने, कोचाकोच यात्रु चढाउने, उल्टो सिटमा यात्रुलाई राख्नेलगायत गतिविधि गरेको पाइएकामा कारबाही गरिने बताए ।

उनले यात्रुहरूबाट नै कम गुनासो आउँदा कारबाहीमा समस्या परेको बताए ।

‘पछिल्ला दुई महिनामा जम्मा २४ वटा गुनासो आएका छन्, गुनासाका आधारमा हामीले ती सवारीसाधनलाई ट्राफिक प्रहरीको सहयोगमा कारबाही पनि गरेका छौँ,’ उनले भने, ‘तोकिएभन्दा बढी भाडा असुल्ने र यात्रुहरूलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *