विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु

टेक्सास : अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ ।

विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको बताइएको छ ।

डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र त्यसको एउटा इन्जिन चलिरहेको थियो ।

यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ ।

सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ ।

उसले घटनाको विवरण संकलन भइरहेको बताएको छ ।

डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म साझा गरेको छैन।

शुक्रबार, एयरबस ए३१९ लस एन्जलस एयरपोर्टबाट सान एन्टोनियो पुगेको थियो ।

यसलाई सञ्चालन गर्ने कम्पनी डेल्टाले एक विज्ञप्तिमा भन्यो, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग कुनै समस्या नभएको देखाएको छ।’

कम्पनीका प्रवक्ताले गहिरो दु:ख व्यक्त गर्दै र शोक सन्तप्त परिवारसँग समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *