जलेश्वरमा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

हुलाकी सडककाे भिठ्ठामोड–जनकपुर अन्तर्गत जलेश्वर नगरपालिका– ९ आगेपुरस्थित बिगही पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।

गएराति जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज.८प ६५३३ नम्बरको मोटरसाइकल पुलबाट खस्दा जनकपुरधाम– २ का ३० वर्षीय शंकर भनिने दीपेश ढुंगेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

फराकिलो सडकअनुसार कम चौडाइ भएकाे पुलको चौडाइ आकलन गर्न नसक्दा मोटरसाइकल पुलबाट खसेको प्रारम्भिक अनुमान छ।

यद्यपि, घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *