पाकिस्तान बस दुर्घटना

इस्लामावाद : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकै पटक दुई फरक फरक सवारी साधनलाई ओभरटेक गर्दा दुई बसहरू एक अर्कासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनाको केही मिनेटभित्र नै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धारकर्मीले जनाएका छन् ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेको उद्धारकर्मीले बताएका छन् ।

देशको उत्तरपश्चिमी पेशावर सहरबाट दक्षिणी बन्दरगाह सहर कराँचीतर्फ जाँदै गरैको बस र कराँचीबाट पूर्वी पञ्जाब प्रान्ततर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *