विद्युतीय सवारीसाधन किन्नेलाई घर बहाल कर छुट

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि साढे ६ अर्बको बजेट सार्वजनिक गरेको छ ।

महानगरको तेस्रो नगरसभामा उपमेयर मञ्जली शाक्यले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

चालूतर्फ चार अर्ब २१ लाख ४६ हजार र पुँजीगततर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ललितपुर महानगरले विद्युतीय सवारीसाधन किन्नेलाई घरबहाल कर छुट दिने भएको छ ।

विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो ।

यस्तै, सडक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र विपद्जन्य घटना रोकथामलाई बजेटले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *