इटहरीमा विद्युतीय नगरबस चल्ने

इटहरी महानगरपालिकाले राति पनि बजार सञ्चालन गर्ने नीति अघि सारेको छ ।

कोसी प्रदेशको केन्द्रको रूपमा रहँदै आएको इटहरीको ६ र ९ नम्बर वडामा पर्ने बजार राति अबेरसम्म सञ्चालन गर्ने भएको हो ।

नगरले यसका लागि नीति तथा मापदण्ड बनाइरहेको छ भने सडक र सुरक्षाका लागि आवश्यक पहल भइसकेको छ ।

करिब १२–१ बजेसम्म सञ्चालन हुने बजारले बजार प्रवद्र्धन हुनुका साथै पर्यटकहरूलाई बस्न, घुम्न र किनमेल गर्नसमेत सघाउ पुग्ने उपमहानगरको भनाइ छ ।

स्ट्रिट फुड, होटेल तथा रेस्टुरेन्ट, सुपरमार्केटलगायतका अन्य व्यवसाय १ भदौबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

केही वर्ष अघिबाटै रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा चर्चा भए पनि उपमहानगरले पहिलोपटक नीति तथा कार्यक्रममै समावेश गरी प्रक्रिया अघि बढाएको हो ।

उपमहानगरले ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बस खरिद गरी उपमहानगरले रुट निर्माण गर्नेछ ।

स्थानीयको सुविधाका लागि विद्युतीय नगरबस सञ्चालन गर्ने योजना रहेको नगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *