होन्डा मोटरसाइकलको मूल्य ७७ हजार रुपैयाँसम्म बढ्यो

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले विग बाइक सेग्मेन्टमा विक्री गर्दै आएको सीबी ३५० सिरिजको सीबी हाइनेस ३५०, सीबी ३५० आरएस र होन्डा एक्सआर १९० एलको मूल्य बढाएको हो ।

कम्पनीले होन्डा हाइनेस ३५० र ३५० आरएस दुवै मोटरसाइकलको मूल्य समान ७७ हजार रुपैयाँले वृद्धि गरेको छ ।

यसअघि ८ लाख ४८ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको हाइनेसको मूल्य बढेर ९ लाख २५ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सीबी ३५० आरएसको मूल्य ८ लाख ९८ हजार ९०० रुपैयाँबाट बढाएर ९ लाख ७५ हजार ९०० रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, कम्पनीले विक्री गर्दे आएको डबल स्पोर्टस मोटरसाइकल होन्डा एक्सआर १९० को मूल्य ४१ हजार रुपैयाँले बढेको छ ।

यसअघि ६ लाख ९८ हजार रुपैयाँमा विक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य बढेर ७ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *