बुटवलमा अटो इन्जिनियरिङ पढाइ हुने

आगामी आवका लागि दुई अर्ब ३६ करोड ५४ लाख बजेट ल्याएको बुटवल उपमहानगरपालिकाले बुटवलमै इन्जिनियरिङ तर्फ डिप्लोमा र अटो इन्जिनियरिङ पढाउने घोषणा गरेको छ ।

बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) मा डिप्लोमा तहका इन्जिनियरिङ विषय, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गरिने भएको हो ।

बुटवल १३ र १७ मा १५–१५ शड्ढयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न दुई करोड बजेट छुट्याइएको छ भने वडा नम्बर १३ को अस्पताललाई २४सै घन्टा आकस्मिक सेवा सञ्चालन गरिने भएको छ ।

बुटवल-१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई २४सै घन्टा सञ्चालन गर्ने, बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबैखालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको उप-प्रमुख सावित्रीदेवी अर्यालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *