भक्तपुर र ललितपुरमा ट्राफिक सचेतना कक्षा सुरू

काठमाडौँ उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरमा ट्राफिक सचेतना कक्षा सुरू गरिएको छ ।

भक्तपुरको चुनदेवीस्थित ट्राफिक प्रहरी परिसरमा र ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी परिसरमा आइतबारदेखि सचेतना कक्षा सुरु गरिएको हो ।

भक्तपुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ललितपुरको सचेतता कक्षाको शुभारम्भ गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारबाट ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लंङ्घन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनुपर्नेछ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरी सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *