ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

रियो दि जेनेरियो : ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीपछि ११ जनाको मृत्यु भएको छ भने अन्य १० जना हराइरहेका अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरूले शक्तिशाली हावाहुरीले एउटा कार चिहानमा बगाएको फुटेज प्रसारण गरेका थिए ।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो ।

अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।”

उहाँले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताउनुभयो । अन्य लाई हेलिकप्टरबाट बाहिर निकालिएको छ ।

बिहीबारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण तीन हजार ७१३ जनाको घर क्षतिग्रस्त भएको र उनीहरूमध्ये ६९७ जनालाई जोखिममा रहेका क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *