इन्धनको मूल्य बढेर आयो

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर ३७ पैसा बढेर आएको छ ।

आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

सो अनुसार आइओसीले १५ दिनअघिको तुलनामा शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *