ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा पहिरोमा परि सोमबार बाबुछोराको ज्यान गएको छ ।
पहिरोमा परी एकजना शक्त घाइते भएका छन् ।
प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार सिदिङ्वा ६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई केशरका छोरा सुरेर कुमार राईको पनि मृत्यु भएको प्रनाउ लिम्बुले जानकारी दिए ।
पहिरोमा परि घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल लैजान लाग्दा मृत्यु भएको बताइएको छ ।
उता, सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन् । उपचारका लागि लैजाने सबै बाटाहरु अबरुद्ध छन् ।
घाइतेलाई उपचारका लागि लैजान समस्या भएको जिल्ला समन्वय समिति सदस्य कला कडरीयाले बताइन ।
गत शनिबार राति गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन जनाको पत्तो लाग्न सकेको छैन ।
शनिबार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगिमाँया बुढाक्षेत्री,उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री फेला पर्न सकेको छैनन् ।
अहिले अविरल पानी परेका कारण खोजी कार्य गर्न समेत समस्या भएको प्रहरी प्रमुख लिम्बुले बताए ।
पहिरोमा परी बेपत्ता भएकामध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ ।
अहिले पनि मेहेलेका विभिन्न क्षेत्रमा पहिरो गइरहेको छ ।
मेहेलेको निलगिरी मावि रहेको स्थान पहिरोबाट केहि सुरक्षित रहेको देखेपछि जोखिम प्रभावित क्षेत्रका मानिसहरुलाई त्यहाँ ल्याउने प्रयास भइरहेको छ ।