ग्रिस डुङ्गा दुर्घटना : पाकिस्तानमा जुन १९ मा राष्ट्रिय शोक

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दक्षिणी ग्रिस नजिकै भएको डुङ्गा दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मानव तस्करविरुद्ध कडा कारबाही गरिने बताएका छन् ।

उनले दोषीलाई कडाभन्दा कडा सजाय दिइने बताएका छन् ।

सरिफले पाकिस्तानमा १९ जूनमा राष्ट्रिय शोक मनाइनेछ ।

यस घटनामा अहिलेसम्म थुप्रै पाकिस्तानी नागरिकसहित सयौँ मानिस बेपत्ता छन् भने ८० जनाको शव फेला परेको छ ।

यो डुङ्गामा सिरिया र इजिप्टका मानिसहरू पनि सवार थिए ।

पाकिस्तानी अधिकारीहरूले यस घटनामा संलग्न रहेको आरोपमा धेरैलाई पक्राउ गरेको बताएका छन् ।

संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले यस दुर्घटनामा ५०० जना बेपत्ता भएको आशङ्का गरेको थियो । यो डुङ्गामा करिब ७५० जना मानिस थिए ।

प्रत्येक वर्ष हजारौँ पाकिस्तानी युवाहरू राम्रो जीवनको खोजीमा वैध कागजातहरू बिना युरोपको जोखिमपूर्ण यात्रामा जाने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *