सङ्खुवासभामा १७ जना मजदुर बेपत्ता

गएराति सङ्खुवासभाको हवाखोेलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए ।

बेपत्ता भएका १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

सामुदायिक अस्पताल चैनपुरमा घाइते दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिएका छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *