सुडानको राजधानीमा हवाई हमला

खार्तुम : सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ ।

मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् ।

यरमौक जिल्लामा भएको यस हमलामा २५ वटा घर नष्ट भएका छन्।

एक दिनअघि सेनाका एक शीर्ष जनरलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सविरुद्ध हमला तीव्र गर्ने चेतावनी दिएका थिए ।

जुन महिनाको सुरुवातमा आरएसएफले यरमौकमा पूर्ण नियन्त्रणको दाबी गरेको थियो ।

यो राजधानीको एक क्षेत्र हो जहाँ हतियार बनाउने फ्याक्ट्री पनि रहेको छ।

सुडानमा पछिल्लो दुई महिनादेखि सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ ।

यस द्वन्द्वमा १ हजारभन्दा धेरै मानिस मारिएका छन् ।

संयुक्त राष्ट्रका अनुसार २० लाखभन्दा मानिस सुडानभित्र विस्थापित भएका छन् भने ५ लाखभन्दा बढी मानिस देश छाडेर छिमेकी देशमा शरण लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *