हाइड्रोजनमा विश्वमा कस्ता प्रविधि आए ?

हाइड्रोजनबाट स्वीट्जरल्यान्डमा लामो दूरी चल्ने रेल चलाउन सुरु भइसकेको छ। भारतमा पनि हाइड्रोजनबाट रेल चलाउने सम्बन्धमा पाइलट टेस्टिङ भएको छ।

भारतले हाइड्रोजनको प्रयोगमा कदम अघि बढाएको छ। भारतले २ साताअघि ५५ लाख भारतीय रुपैयाँमा हाइड्रोजनबाट चल्ने ट्रक सार्वजनिक गरेको छ।

एकपटक इन्धन भर्दा साढे ४ सय किलोमिटर लोड बोकेर कुद्ने सक्ने क्षमता हाइड्रोजन ट्रक भारतले सार्वजनिक गरेको हो।

भारतले सन् २०३० सम्म ३ खर्बभन्दा बढी रकम हाइड्रोजनमा लगानी गर्ने भनेको छ।

सो अवधीमा ५० लाख छन् हाइड्रोजन उत्पादनको लक्ष्य भारतले लिएको छ।

यस्तै सन् २०३० सम्म नै आवश्यक ऊर्जामध्ये नवीकरणीय ऊर्जाको प्रतिशत ५० पुर्‍याउने भारतको लक्ष्य छ।

हाइड्रोजन इन्धनबाट साना दूरीका कार, जीप अमेरिका तथा युरोपेली देशहरूमा पहिला नै छन्।

जर्मनलगायतका देशहरूले सिमेन्ट, फलाम उद्योग चल्ने गरी हाइड्रोजन प्रविधिको विकासमा लगानी गरिरहेका छन्।

नेपालले पनि वर्षायाममा खेर जाने बिजुलीलाई हाइड्रोजनको रूपमा संचित गरेर हिउँदयाममा आन्तरिक खपत गर्न सक्ने काठमाडौं विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख डा. विराजसिंह थापा बताउँछन्।

भविष्यमा सिमेन्ट, स्टिल जस्ता उद्योगमा हाइड्रोजन प्रविधि प्रयोग गर्न सकिन्छ।

एमोनिया उत्पादन पनि सकिन्छ। सिन्थेटिक फ्विल्स एलपीजी ग्यास जस्तै उत्पादन गर्न सकिन्छ।

“नेपालको परिप्रेक्ष्यमा हाइड्रोजनको वास्तविक आवश्यकता के हो ? कस्तो लाभ लिन सक्छ ? र, हामी कसरी अघि बढ्न सक्छौं भनेर एउटा रोडम्याप तयार भएको छ।

अब इन्ड्रस्टियल स्टेजको पनि प्रोडक्सन हुनुपर्छ”, डा. विराजसिंह थापा प्रमुख, हाइड्रोजन ल्याबले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *