विश्व वातावरण दिवसको अवसरमा सोमबार बिहान अन्नपूर्ण मिडिया नेटवर्कले विद्युतीय सवारी र्याली आयोजना गरेको छ।
तीनकुनेस्थि अन्नपूर्ण टावरबाट सुरु भएको ‘नेक्सन ईभी एएमएन ईभी र्याली २०२३ इन एसोसिएसन विथ टेस्ला’को उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका हुन्।
र्यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत श्यामकाजी महर्जनले विद्युतीय साइकल जितेका छन्।
अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डटकमका समाचार संयोजक शम्भु कट्टेलले विद्युतीय साइकल प्रदान गरे।
यस्तै फुडमान्डू र टेस्लाले पनि सहभागीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरे।
अन्नपूर्ण मिडिया नेटवर्कका उपमहाप्रबन्धक विकास श्रेष्ठ र ब्रान्ड म्यानेजर पृथा पौडेलले फुडमान्डूको गिफ्ट ह्याम्पर प्रदान गरे।
ह्याम्पर युनिटी फर सस्टेनाबिलिटीका कम्युनिकेसन म्यानेजर शुभ खनाल, अन्नपूर्ण पोस्ट्का राजनीतिक ब्युरो प्रमुख नरेन्द्र साउद र टेस्लाकी प्रतिनिधि राधिका कौडिक्याले टेस्लाको गिफ्ट प्रदान गरे।