विश्वमा इन्धनको मुल्य बृद्धि तथा आपुर्तिमा अवरोध जारी रहेका बेला साउदी अरवले आगामी जुलाई देखि प्रतिदिन उत्पादनमा १० लाख व्यारेल कटौती गर्ने भएको छ ।
विश्वका तेल उत्पादक मुलुकहरुको गठबन्धन ओपेक प्लसमा आवद्ध मुलुकहरुले इन्धन संकटको सामना गरिरहेका बेला साउदीले सो घोषणा गरेको हो ।
ओपेकमा आवद्ध राष्ट्रले यस अघि २ पटक तेलको उत्पादन कटौती गरेपनि मुल्य नबढेको भन्दै सो निर्णय गरिएको साउदीले जनाएको छ।
अष्ट्रियाको भियन्नामा ७ घण्टा लामो छलफल पछि ओपेक प्लसमा आवद्ध राष्ट्रहरुको बैठकले सन् २०२४ सम्म तेलको उत्पादनमा प्रतिदिन १४ लाख व्यारेल कटौती गर्ने निर्णय समेत गरेको बीबीसीले जनाएको छ।
ओपेकको नेतृत्व रुसले गरिरहेको छ । साउदीले तेल उत्पादनमा कटौती गर्ने तयारी गरेपनि रुस, नाइजेरिया तथा अंगोलामा भने हाल भइरहेकै आपुर्ती कायम गरिने जनाइएको छ ।
ओपेकले विश्व इन्धन बजारको ४० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ ।