काठमाण्डौंमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न

विश्व वातावरण दिवसको उपलक्ष्यमा काठमाण्डौंमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न भएको छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको मुख्य आयोजना तथा विद्युतीय परिवहन निर्माता तथा आयात संघ, नेपालको सह आयोजनामा उक्त र्‍याली सम्पन्न भएको हो।

काठमाण्डौंको भृकुटीमण्डप देखि शुरु भई तीनकुने, चक्रपथ हुँदै पुनः भृकुटीमण्डपमा आई र्‍याली समापन गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. बीरेन्द्र प्रसाद महतो तथा वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी, विद्युतीय परिवहन निर्माता तथा आयात संघ, नेपालका अध्यक्ष भेषबहादुर थापा लगायत विभिन्न आयात तथा बिक्रेता कम्पनीका व्यवसायी तथा विद्युतीय सवारीधनीहरुको उपस्थिति थियो ।

विश्वमा बढ्दो वातावरणको हृासको चिन्ता व्यक्त गर्दै कार्यक्रमका वक्ताहरुले विद्युतीय सवारीसाधनको प्रयोगका कारणले वातावरण जोगाउन महत्वपुर्ण भुमिका हुने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *