सिप्रदीयन सहायता संस्थाद्वारा विजेताहरुलाई सम्मान

सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्गहिलारी एभरेष्ट म्याराथन २०२३ महिलातपÞर्m प्रथम र पुरुषतर्फ दोस्रो स्थानप्राप्त गर्न सफलभएकोमा सम्मान स्वरुपनगद पुरस्कारहस्तान्तरण गरेको छ ।

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तानतरण गरेको छ ।

म्याराथनमा महिला तपÞर्m प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप रु ७५,००० प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई रु ५०,००० प्रदान गरिएको थियो ।

कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राजथपलियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ ।
अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार, “आज हामी यहाँ खेलाडी विजेताहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदान पुर्याउने गिनिज बूकअफ वल्र्ड रेकर्ड होल्डर हरी बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ ।

प्रशिक्षकको अथक प्रयास, खेलाडिहरुको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसंग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छांै र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहेन्दर र मेहनती खेलाडीहरुको हितमा काम गर्नेमा म विश्वस्त छु ।“

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापना भएको सिप्रदीयन सहायता संस्था गैर नाफा मूलक निरपेक्ष, गैर सरकारी तथा अराजनैतिक सामाजिक संस्था हो ।
सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो ।

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्य लिएको छ । यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनस्थापना सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *