इनिग्मा विद्युतीय स्कुटर बजारमा

भारतमा निर्मित विद्युतीय स्कुटर इनिग्मा सोमबार देखि नेपालमा बिक्रिवितरण शुरु भएको छ ।

राइजिङ्ग टेडिङ्ग कम्पनी प्रा.लि. ले नेपाली बजारमा ल्याएको उक्त ब्राण्डका स्कुटरहरुको सोमबार काठमाण्डौंको नागपोखरीबाट बिक्रिवितरण शुरु गरेको छ ।

कम्पनीले वातावरण मैत्री मोविलिटि प्रति सचेत उपभोक्तालाई अन्य ब्राण्डको तुलनामा सुपथ मुल्यमा विद्युतीय वाहन उपलब्ध गराउने उद्देश्यका साथ स्कुटरका विभिन्न ४ मोडेल नेपाली बजारमा सार्वजनिक गरेको बताएको छ ।

पावर, रेन्ज, गुणस्तर र मुल्यका आधारमा आफ्ना उत्पादनहरु अन्य ब्राण्डको तुलनामा उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यी स्कुटरमा व्याट्रिको लामो आयुको लागि स्मार्ट बीएमएस प्रविधि जडान गरिएको छ ।

अत्यन्तै कम खर्चमा सँचालन गर्न सकिने यी स्कुटरमा ३ एमएम हाई ग्रेड एविएस बडी पार्ट्स छ ।

क्रुज कन्टोल, रिभर्स गियर, किलेस राइडिङ्ग, सेन्ट्रल लकिङ्ग, एन्टि थेप्ट सिस्टम, युएसवि पोर्ट, फाइन्ड माई स्कुटर, जीपिएस ट्रयाकिङ्ग, जियो ट्यागिङ्ग लगायत विशेषता यी स्कुटरमा छन् ।

स्कुटरका बिषयमा टिप्पणी गर्दै कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठ भन्नुहुन्छ, “पावर र पर्फमेन्समा प्रतिष्पर्धि सरहका स्कुटर सुपथ मुल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्राण्ड नेपालमा ल्याएका छौं ।”

भारतबाट आयातित स्कुटर भएकाले पनि सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उहाँले बताउनुभयो ।

कम्पनीका अनुसार ४ वटा मोडेलहरु मध्ये Crink Pro को रु. २,९५,००० N8 को रु. २,५०,००० Crink V1 को रु. २,६०,००० र GT 450 Pro को रु. २,३५,००० मुल्य तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *