महिला मोटरसाइकल ¥याली सम्पन्न

नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटरसाइकल ¥याली यसपटक MOTOGIRLS TO THE SINDHULIGADHI सम्पन्न भएको छ ।

International Female Ride Day (May 6, 2023) को सन्दर्भमा गत वैशाख २३, २०८० गते भएको ¥याली Nepal Tourism Board काठमाडौँबाट शुरु भई सिन्धुलीगढीमा समापन भएको थियो ।

विगत केही बर्ष देखि महिला मोटरीङ्ख र मोटरसाइक्लिङ्खको क्षेत्रमा क्रियाशिल नासा वमेन कमिसन अन्तर्गतको WIMA Nepal ले आयोजना गरेको सो ¥यालीमा १४ जना राइडरहरु सहभागी थिए ।

¥याली नेपाल टुरिजम बोर्ड, काठमाडौँ देखी सुरु भै भतmपुर, बनेपा, धुलीखेल, खुरकोट हुदै सिन्धुलीकला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुगिंएको थियो ।

¥यालीमा सहभागिहरुलाई सिन्धुलीगढी युद्ध संग्राहलयले खादा ओढाई स्वागत गरेका थिए भने सिन्धुली कलाघरमा पनि लोकबाजा सहित खादाओढाई स्वागत गरेको थियो ।
¥याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा स्लो रेस प्रतियोगिता पनि भएको थियो । जसमा स्टन्ट राईडर जयन्ति सुनुवार (कुन्ची) विजयी भएकी थिईन् । स्लो रेस विजेतालाई नासा नेपालको तर्फबाट UN Standard Safe Helmet प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।

साथै कार्यक्रममा टिकटक प्रतियोगिता पनि घोषणा गरिएको थियो । टिकटक लाईकको संख्याको आधारमा १४ जना सहभागिहरु विच भएको प्रतियोगितामा पनि राइडर जयन्ति सुनुवार (कुन्ची) नै छनौटमा परेकी छिन् ।

विजेतालाई एक समाहरोमा पुरस्कार वितरण गर्ने नासा वमेन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *