भक्सवागन प्यासेन्जर कार इन्डियाले भारतमा अपडेटेड टिगुआन रु. ३४.६९ लाखको प्रारम्भिक मूल्यमा लन्च गरेको छ।
एसयुभीले फिचर अपडेटहरू पाएको छ र अब टिगुआनले बीएस६ फेज २ र आरडीई मापदण्डहरूको पालना गर्नेछ।
एलिगेन्स भेरियन्टमा अफर गरिएको भक्सवागन टिगुआनले डुअल-टोन स्टर्म ग्रे इन्टेरियर थिम, वायरलेस मोबाइल चार्जिङ, पार्क असिस्ट र रियर सिट बेल्ट रिमाइन्डर सिस्टम जस्ता अपडेटहरु प्राप्त गरेको छ।
अपडेटेड मोडल पाँच रंगहरूमा उपलब्ध छ: नाइटशेड ब्लू, ओरिक्स ह्वाइट, डीप ब्ल्याक, डल्फिन ग्रे र रिफ्लेक्स सिल्भर।