ललितपुर महानगरपालिकाले रात्रिकालीन यात्रालाई सहज बनाउन अग्लो खम्बा (पाँचतले)मा १६ वाटको बत्ती बाल्न थालेको छ ।
महानगरले पहिलो चरणका रूपमा यो हाई मास्ट (उच्च मात्रामा प्रकाश दिने बत्ती)लाई पुल्चोक र जावलाखेलमा प्रयोगमा ल्याएको हो ।
अन्य ११ स्थानमा पनि चाँडै नै ‘हाई मास्ट’ राख्ने महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
‘रात्रिकालीन यात्रालाई सहज र सुरक्षित बनाउन पहिलो चरणमा दुई ठाउँमा हाई मास्ट जडान गरिसकेका छौँ ।
यी दुई ठाउँमा दुई दिन अघिबाट बत्ती बल्न थालिसकेको छ,’ प्रवक्ता महर्जनले भने, ‘अब शंखमूल पार्क अगाडि राख्ने तयारीमा छौँ । त्यहाँ एक–दुई दिनमै बत्ती बल्न थाल्छ ।’
महर्जनका अनुसार बाँकी १० ठाउँमा पनि दुई साता भित्र हाई मास्ट प्रयोगमा आउनेछन् ।