१० महिनामा २,९६६ विद्युतीय कार भित्रिए

चालु आर्थिक वर्षको साउन देखि बैशाखसम्मको १० महिनामा २९ सय ६६ वटा विद्युतीय कार आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा विभिन्न देशबाट उक्त संख्यामा विद्युतीय कार आयात भएको हो।

१० महिनाको अवधिमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका २ हजार ९ सय ६६ वटा विद्युतीय कार आयात भएको हो।

आयात भएका सो संख्या मध्ये सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमताका विद्युतीय कार छन्।

विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ।

बैशाख महिनामा मात्रै पाँच सय चार वटा विद्युतीय कार आयात भएको छ।

२ हजार ९ सय ६६ वटा विद्युतीय कार आयात हुँदा राज्यले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ कर पाएको छ।

१० महिनामा भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आयात भएको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *