Skip to content
सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ।
कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हो।
कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल बनाएको हो।
गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।
‘नेपाल सरकारले अहिले विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको छ, यस्तो अवस्थामा हामीले स्वदेशमा नै ईभी मोटरसाइकल तयार गरेका छौँ,’ उनले भने।
गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ।
सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ।
यसै गरी यस बाइकको रेन्ज १००-१२० किलोमिटर रहेको छ।
Post Views: 212