टेस्लाको उत्पादन प्लान्ट भारतमा ल्याउने

अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकका सीईओ भारतमा उत्पादन प्लान्ट लिएरै आउन तयार भएका छन्।

यस अघि उनी पहिले अन्यत्र उत्पादन भएका कार बिक्री गर्ने र त्यसको प्रतिक्रिया पछि मात्र भारतमा उत्पादन प्लान्ट राख्ने बारे निर्णय लिने बताउँदै आएका थिए।

भारत सरकार भने बिक्रीका लागि मात्र नभइ सुरुमै उत्पादन प्लान्ट लिएर आउन आग्रह गरिरहेको थियो। टेस्लाका सीईओ मस्क भने विद्युतीय कारको कर घटाइदिन आग्रह गर्दै आएका थिए।

अन्ततः अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंक र सीईओ मस्क कार उत्पादन गर्ने गरि नै भारत आउन तयार भएका हुन्।

टेस्ला इंक भारतमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्न तयार रहेको भारतको प्रविधि उपमन्त्रीले बताएका हुन्।

हालै भारतको प्रविधि मन्त्रालयले टेस्ला इंकका उपल्लो तहका कर्मचारीसँग छलफल गरेको थियो।

टेस्लाले भारतमा विद्युतीय सवारीका साथै ईभी ब्याट्री समेत उत्पादन गर्ने योजना रहेको छलफलमा बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *