दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले मेक्सिकोमा विद्युतीय कार उत्पादन प्लान्ट खोल्ने भएको छ।
कियाले मेक्सिकोमा नयाँ ईभी प्लान्ट स्थापना गर्ने तय भएको मेक्सिकन गभर्नरले बताएका छन्।
विद्युतीय कार उत्पादनमा आक्रामक भएको हुन्डाई मोटरको भगिनी कम्पनी कियाले अमेरिकी बजारलाई लक्षित गरी मेक्सिकोमा विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको हो।
कियाले मेक्सिकोमा विद्युतीय कार प्लान्ट स्थापना गर्न १ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताएको छ।
कियाले १०१६ मा पनि मेक्सिकोमा आईसी इन्जिनयुक्त कार प्लान्ट खोलेको थियो।
३० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट वार्षिक ४ लाख कार उत्पादन गर्ने क्षमताको छ।
अब भने कियाले विद्युतीय कार मात्रै उत्पादन गर्ने गरि नयाँ प्लान्ट बनाउने भएको छ।
गत वर्ष कियाले २०३० देखि वार्षिक १२ लाख कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।
विश्वभर विद्युतीय कारको माग बढ्दै गएकाले कियाले एक वर्ष नपुग्दै आफ्नो लक्ष्य पनि बढाएको हो।
एक वर्षको अन्तरालमा कियाले वार्षिक ४ लाख विद्युतीय कार उत्पादन बढाउने लक्ष्य थप गरेको हो।