मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ ।
वास्तवमा केही दिनअघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी बाइकमा सवार देखिन्छन्।
लिफ्ट लिएर कतै जाँदै गरेका अमिताभ र बाइक चालक दुबैले हेलमेट लगाएका छैनन् ।
यस लगत्तै सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि शेयर भएको थियो। सो भिडियोमा उनी बाइकमा बसेकी देखिएकी थिइन् ।
अनुस्का र उक्त बाइकका चालकले पनि हेल्मेट लगाएका थिएनन्।
यसै कारण दुवै स्टार सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेका छन् । मानिसहरूले मुम्बई पुलिसलाई ट्याग गरेर यो कुरा उठाएका थिए।
‘हेल्मेट बिना मुम्बईको सडकमा हिँडेकोमा अमिताभ र अनुष्का दुवैलाई बाइक चालकको माध्यमबाट जरिवाना लगाइएको छ’, एक वरिष्ठ प्रहरी अधिकारीले भने।
मुम्बई ट्राफिक पुलिसले ट्विटरमा दुबै सवारीका चालकहरूलाई जारी गरिएको चालानको प्रतिलिपि पनि साझा गरेको छ।
पुलिस अधिकारीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै, प्रहरीले मोटरसाइकल चालकलाई चालान जारी गर्यो र १० हजार ५ सय भारु जरिवाना लगायो।