नयाँ भाडादर शुक्रबार देखि लागू हुने

विभागले नयाँ भाडादर कामय गर्दै अन्तर प्रदेश स्तरको भाडादर तालिका पनि सार्वजनिक गरेको छ । मंगलबार नेपाल आयल निगमले डिजेलमा मूल्य घटाएको थियो ।

पेट्रोलियम पदार्थको पनि मूल्य घटेपछि विभागले नयाँ भाडादर कायम गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो भाडादर शुक्रबार देखि नै देशभर लागू हुनेछ ।

विभागले नयाँ भाडादर मूल्य कायम गरे पछि यात्रुहरू ठगिन नदिन लामो दूरीका यातायातका साधनको छड्के समेत गर्ने जनाएको छ ।

यसका लागि ट्राफिक प्रहरी र विभाग मातहतका कार्यालयका कर्मचारी खटाइएको छ ।

त्यस्तै, कतिपय सवारीसाधनले यात्रुहरूबाट ठूलो नोट लिएर खुद्रा फिर्ता नदिएको जानकारी पाएमा पनि विभागले कारबाही गर्नेछ ।

त्यसैगरी, चर्को भाडा असुल्ने माथि पनि विभाग र ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

त्यसका लागि यात्रुहरूले विभाग वा ट्राफिक प्रहरीलाई बस नम्बर सहित जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *