नासा फाउन्डेसनको संयोजकमा कृष्ण सिंह बस्नेत

अन्तराष्ट्रिय अटोमोबाइल्स फेडेरेसनका काउन्सिल मेम्बर गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा फाउन्डेसनको संयोजक कृष्ण सिंह बस्नेत नियुक्त हुनुभएको छ ।

संयुक्त राष्ट्र संघको सातौँ सडक सुरक्षा सप्ताह (मे १५२१) अन्तरगत  नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि प्रतिनिधि सभा सदस्य मा. योगेश भट्टराई, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा एलायन्सकी उपाध्यक्ष रंगमती शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापाले सो साप्ताहिक कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो

त्यसैगरि इन्टरमोडल यातायात विकास समितिका कार्यक्रम निर्देशक आशिष गजुरेल, नासा नेपालका केन्द्रिय सदस्य चादंमाला मास्के बिनोद तन्डुकर तथा रोड सेफ्टी अनुसन्धानकर्ता डा.पुष्पराज पन्त, डा. भगवती सेढाइ, डा.समन अर्याल, गजेन्द्र बुढाथोकी लगायत समेत सुभारम्भ कार्यक्रममा आफ्नो धाराणा राख्न भयो

इन्जिनियरीङ, चिकित्सा शास्त्रका प्राध्यापक तथा विद्यार्थी, मोटर साइकल राइडर्स तथा मिडियाकर्मीका बीच विश्वव्यापी अभियानको पोस्टर सार्वजनिक गरि सो अभियान शुरु गरिएको हो  

गतिशीलता पुन: विचार मूल नारा रहेको यस पटकको सडक सुरक्षा सप्ताहको मूल थिममा विभिन्न बिज्ञहरुका विचमा अन्तरक्रियात्मक उक्त कार्यक्रमका बक्ताहरुले आधुनिक नेपालको सडक पूर्वाधारको दिगो यातायात वारेमा धारणा राख्नुभयो

खासगरि डबल सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल बिधेयक, नेशनल एक्शन प्लान तथा सार्वजनिक यातायात साइक्लिंग पैदल यात्रु सुरक्षाको वारेमा विभिन्न वक्ताहरुले धारणा राख्नभएको  थियो

सोहि कार्यक्रम संखुवासभाको चैनपुर, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, सुदरपश्चिमको गोदावरी, लुम्बिनीको बुटवल तथा वाग्मतीको धुलिखेलमा अन्तरक्रिया गरि साइकल र्याली सडक सुधार चिन्ह तथा सडक सुरक्षा अडिट सहित साप्ताहिक कार्यक्रम मानाइनेछ

धुलिखेल सुर्खेत नगरपालिका, साइकल कल्चर मुभमेन्ट, नासा नासा फाउन्डेसन, संचारिका समूह गण्डकी, सुरक्षित यात्रा अभियान, हेल्पिंग युथ इटहरी, चैनपुर रेडक्रस तथा गण्डकी प्रदेश इन्जिनीयर एसोसियसन समेतको संयुक्त आयोजनामा यो साप्ताहिक कार्यक्रम घोषणा गरेको हो

ग्लोबल एलायन्स फर रोड सेफ्टी एनजिओज्, अन्तराष्ट्रिय अटोमोबाइल्स फेडेरसन तथा नासा नेपालको सहयोगमा देशब्यापी रुपमा यस अभियानले दिगो विकास लक्ष्य तथा सुरक्षित मोबिलिटीको लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ  

Leave a Reply

Your email address will not be published. Required fields are marked *