पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ९.५१ रुपैयाँ र डिजेलमा ८.०८ रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आउँदा भारतले पनि भाउ घटाएर पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *