मिनी कूपर इलेक्ट्रिकले ४०० किमीको रेन्ज प्राप्त गर्ने

नयाँ पाँचौं जेनको मिनी कूपर भर्खरै अनावरण गरिएको थियो।

यसपटक मिनीले इलेक्ट्रिक अवतारमा नयाँ कार डेब्यु गरेको छ।

पछिल्लो जेन मिनी कूपर इलेक्ट्रिक २०२० मा लन्च गरिएको थियो र सबैभन्दा लोकप्रिय मिनी थियो।

मिनी ३-डोरको नयाँ संस्करण इलेक्ट्रिक ड्राइभिङ र दुई पावर स्तरमा उपलब्ध छ।

Mini Cooper E १८१bhp को आउटपुटसंग उपलब्ध हुनेछ जबकि SE २१४bhp को प्रभावशाली आउटपुटसंग उपलब्ध हुनेछ।

धेरै जसो EV मा जस्तै, लिथियम-आयन उच्च भोल्टेज ब्याट्री फ्लोरमा स्थापित हुनेछ।

राम्रो प्रदर्शनका साथसाथै नयाँ मिनी कूपर इलेक्ट्रिकले राम्रो रेन्ज पनि प्राप्त गर्नेछ।

Cooper E ले ४०.७kWh ब्याट्री पाउँछ भने SE ले ठूलो ५४.२kWh ब्याट्री पाउँछ जसले कारहरूलाई ३०० देखि ४००km बीचको रेन्ज दिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *