हुन्डाई क्रेटा मिडसाइज एसयूभी सफल मोडलमा पर्छ। भारत होस् वा नेपाल दुवै बजारमा हुन्डाई क्रेटा एसयूभी सेगमेन्टको कार खरिद गर्न चाहनेको रोजाइमा पर्दै आएको छ।
आईसी इन्जिनमा सफल भएको क्रेटालाई हुन्डाई मोटर्सले विद्युतीय भर्सनमा समेत ल्याउन तीव्र गतिमा तयारी गरिरहेको छ।
उपभोक्ताको रोजाइमा रहेको र क्रेटा आफैमा ब्रान्ड नेमका रुपमा स्थापित भएकाले हुन्डाई क्रेटालाई विद्युतीयमा ल्याउन उत्साहित भएको हो।
हुन्डाईले २०१५ मा पहिलो पटक उत्पादन गरेको क्रेटा सफल एसयूभीमा पर्छ। मिडसाइज एसयूभी सेग्मेन्टमा अन्य ब्रान्डका प्रतिस्पर्धी भन्दा हुन्डाई क्रेटा निकै अगाडि रहेको छ।
हुन्डाई क्रेटा भारतीय बजारमा मासिक औषतमा ८ देखि १० हजारभन्दा बढी बिक्री हुँदै आएको छ। नेपालमा पनि हुन्डाई क्रेटा आफ्नो सेगमेन्टमा लोकप्रिय रहेको छ।
हुन्डाईले भारतीय बजारमा क्रेटाको विद्युतीय भर्सन ल्याउने विषय यस अघि पनि आएको थियो। अहिले भने कम्पनीले क्रेटा ईभीको परीक्षणलाई तीव्र बनाएको छ।
अन्य ब्रान्डहरुले पनि यस अघि सफल रहेकै मोडललाई विद्युतीय बनाएका छन्। हुन्डाईले पनि यही फर्मुला अपनाएको हो।