बझाङमा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

देउलेखबाट सुनकुडातर्फ गइरहेको देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्स र सोही दिशातर्फ गइरहेको से ५ च २४२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्सलाई उछिन्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले  बताए।

प्रहरी चौकी देउलेखले एम्बुलेन्स चालक हर्कबहादुर ढाटलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *