टाटा टियागो ईभी नेपालमा आउँदै

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको ह्याच ब्याक सेगमेन्टको विद्युतीय कार टियागो ईभी भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको छ।

सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो भएको टाटा मोटर्सको भनाइ छ।

टाटा मोटर्सले बुकिङ खुला गरेको २४ घण्टामा टियागो ईभी १० हजार वटा बुकिङ भएको थियो।

टियागो ईभी भारतका ४ सय ९१ सहरमा पुगेको र बिक्री भएका १० हजार कारले १ करोड १२ लाख किलोमिटर यात्रा तय गरेको छ। त्यस्तै यो यात्रामा १६ लाख ग्राम सीओटू उत्सर्जन बचत भएको छ।

टाटाको टियागो ईभी भारतको दोस्रो सस्तो विद्युतीय कार हो।

कम्पनीका आनुसार १२ सय टियागो ईभीले ३ हजार किलोमिटरभन्दा बढीको दुरी पार गरिसकेको र ६ सय कारले भारतीय सडकमा ४ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरिसकेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा सार्वजनिक भएर १० हजार वटा बिक्री भइसकेको टियागो ईभी अबको दुई महिना भित्र नेपाल ल्याउने भएको छ।

हाल टाटा नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *