बकैयामा भयो बस र मोटरसाइकल दुर्घटना

मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट राईगाउँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १६ प ४६६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार दुईजना गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक बकैया गाउँपालिका– ९ भालुखोलाका ३३ वर्षीय सुकलाल स्याङतान र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३४ वर्षीय सन्तबहादुर न्यासुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

घाइते भएका दुवैजनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुवैलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रवक्ता कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *