Skip to content
टेक्सास : अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो ।
उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी समेत हुन् ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुन पुगेको जनाइएको छ।
दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूको सन्तानको रूपमा दुई छोराहरू रहेका छन्।
Post Views: 219