Skip to content
भारतको अग्रणी SUV निर्माताहरू मध्ये एक, महिन्द्रा र महिन्द्राले अप्रिल २०२३ को आफ्नो बिक्री संख्या पेश गरेको छ।
महिन्द्राले अप्रिल २०२३ मा ३४,६९४ इकाइहरू बिक्री गरेको छ।
अटोमेकरले अघिल्लो वर्षको तुलना बिक्रीमा ५७ प्रतिशतको वृद्धि पाएको छ।
एक आधिकारिक स्टेत्मेन्टमा, कम्पनीले क्र्यास सेन्सर र एयरब्याग ECUs को आपूर्तिमा अवरोध भए पनि यो संख्या हासिल गर्न सफल भएको बताएको छ।
यस अवसरमा बोल्दै विजय नक्राले भने, “हामीले अप्रिलमा ३४,६९४ युनिटहरु बिक्री गरेका छौँ र बिक्रीमा ५७ प्रतिशतको वृद्धि पाएका छौँ।
हाम्रा व्यावसायिक सवारी साधनहरूले यस महिनामा १६% को वृद्धि दर्ता गरेका छन्।”
Post Views: 190