भारतबाट डिजेल र एलपी ग्यासको आयात घट्यो

भारतबाट आयात हुने सामानमा कमी आएको छ । गत आर्थिक वर्षको चैत महिनासम्म ११ अर्ब २५ करोड ५४ लाख ६६ हजार रुपैयाँको १२ करोड ७५ लाख ८४ हजार किलोलिटर डिजेल आयात भएको थियो ।

चालू आवको चैतसम्म ११ करोड ४६ लाख ५१ हजार ८४ लाख रुपैयाँको नौ करोड ३२ लाख २८ हजार किलोलिटर डिजेल आयात भएको छ ।

डिजेल आयातबाट चालू आवको चैत मसान्तसम्म चार अर्ब एक करोड ८९ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवको चैत मसान्तसम्म चार अर्ब ९२ करोड ३४ लाख आठ हजार रुपैयाँ अर्थात् चालू आवको भन्दा २० करोड ९७ लाख १८ हजार रुपैयाँ बढी राजस्व संकलन भएको थियो ।

एलपी ग्यास आयातमा पनि कमी आएको छ । एलपी ग्यास कम आयात भएकाले गत आवभन्दा चालू आवमा ७ दशमलव १२ प्रतिशत कम राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *