नवप्रवर्तनको क्षेत्रमा सरकारले लगानी नगर्दा आन्दोलन सुरु

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन आन्दोलनमा उत्रिएका छन् ।

माइतीघर क्षेत्रमा पुनले अहिले धर्ना एवं र्‍याली निकालेका छन् ।

सरकारले नवप्रवर्तन र आविष्कारका क्षेत्रमा लगानी गर्नुपर्ने र चारवटा मागसहित पुनले शुक्रबारबाट माइतीघर क्षेत्रमा धर्ना दिन सुरु गरेका हुन्।

‘सरकारले नवप्रवर्तनको क्षेत्रमा लगानी गरेको छैन, केही गर्छु भनेर लागेकालाई पनि दुःख दियो, रुवायो,’ पुनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा स्वच्छाले भाग लिन अनुरोध गर्दछु ।’

शुक्रबार बिहान माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरिएको छ । ‘आन्दोलन निरन्तर हुन्छ, धर्नामा बस्छौँ,’ उनले भने, ‘सरकारलाई घुँडा टेकाएरै छाड्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *