पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड शनिबार

 नेपालमा पहिलो पटक पेट्रोनास स्प्रिन्डा-चाई पकौडा ब्रेकफास्ट राइड आयोजना हुने भएको छ ।

यहि शनिबार ९ गते  आयोजना हुने पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुने जनाइएकाे छ ।

बतास समुह अन्र्तगत त्रिथुङ्गा टे«डिंग प्रा. लि र पेट्रोनास ल्युब्रिकेन्ट इन्डिया प्रालिको संयुक्त आयोजनामा हुन गइरहेको पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड लाई इण्डिया बाइक वीक (आईबीडब्ल्यू) र काठमाण्डौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना हुने भएको हो ।

पेट्रोनास, ग्लोबल र्फट्युन ५०० अन्र्तगतको बहुप्रतिष्ठित कम्पनी हो ।

यस्ले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ ।

यसमध्ये पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको छ, जस्मा २ पांग्रेमा प्रयोग हुने इन्जिन आयललाई पेट्रोनास स्प्रिन्डा भनिन्छ, त्यस्तै गरी ४ पांग्रेमा प्रयोग हुने लाई पेट्रोनास सिनिटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास यूरानिया भनिन्छ ।

यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोलिक भनिन्छ र ट्रान्समिसन आयल लाई TUTELA TRANSMISSION भनिन्छ ।

यहि शनिबार ९ गते बैशाख, २०८० मा आयोजना हुने पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुनेछ ।

यस कार्यक्रम भारतमा हुँदै आइरहेको पेट्रोनास स्प्रिन्टा चाई पकौडा ब्रेकफास्ट राइड इण्डिया बाइक वीक (आईबीडब्ल्यू) ले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन गइराखेको छ ।

यस कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहनेछ ।

“पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रमले बिभिन्न क्षेत्रका बाइकरहरलाई एकै ठाउँमा भेला गराई मित्रता बढाउन काम गर्दछ, साथै आन्तरिक पर्यटनमा समेत टेवा पुयाउने काम गर्दछ ।

यस कार्यक्रमको आयोजना गर्दा हामी निकै उत्साहित छौँ र यस कार्यक्रममा उत्साहजनक सहभागिता रहने अपेक्षा गर्दछौँ ” भन्ने कुरा यस त्रिथुङ्गा टे«डिंग प्रालिका बिजनेश हेड श्याम पाण्डेले जानकारी गराएका छन् ।

“ पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइड ढुङ्गेअड्डास्थित त्रिथुङ्गा कम्प्लेक्समा (पेट्रोनास कार्यालय) बिहान ८ बजेबाट सुरु भई धुलिखेल स्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *