जेसिबी संखुवासभामा 

खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा जेसिबीको आधिकारिक विक्रेता रिटेल आउटलेट डिलर (एआरओ) उद्घाटन गरिएको छ ।

नेपालका लागि जेसिबीका आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सका कार्यकारी निर्देशक गोपालकुमार अग्रवालले शाखाको उद्घाटन गरेका हुन् ।

संखुवासभा र आसपासका क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएको र निर्माण व्यवसायीहरूलाई सहज र सुविधा पुर्‍याउने उद्देश्यले जेसिबीको आधिकारिक डिलर विस्तार गरिएको उनले बताए ।

कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जेसिबीजस्तो प्रतिष्ठित कम्पनीको डिलर संखुवासभामा विस्तार भएकाले निकै खुसी भएको बताए ।

त्यसैगरी, पाँचखपन नगरपालिकाका मेयर विपिन राईले एक्साभेटर बिग्रिएर महिनाैँसम्म बस्नुपर्दा विकास निर्माणको काममा बाधा पुग्ने गरेको बताउँदै अब जिल्लामा स्पेयर्स पार्टस् र मर्मत हुने भएपछि सुविधा थपिएको बताए ।

जेसिबी ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले लाइन बिल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालिलाई ३४औँ डिलर आउटलेट (एआरओ) नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *