भेस्पा र अप्रिलियाको नयाँ डिलरसिप

भेस्पा र अप्रिलिया स्कुटर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता भिमसरिया ग्रुप भएको छ ।

नेपाली बजारमा हाल भेस्पा र अप्रिलिया स्कुटर तुलनात्मक रुपमा राम्रै चलेको ब्रान्डमा पर्छन् ।

नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सबाट डिलरसिप खोसिएको छ ।

यी दुई स्कुटर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता पहिले डी–लाइफ स्टाइल आधिकारिक वितरक रहेकोमा दुगड ग्रुपले यी दुई ब्रान्डको डिलरसिप आफू मातहत ल्याएको थियो ।

मोबाइल र अन्य व्यवसायमा संलग्न भिमसरिया ग्रुप अब यी दुई ब्रान्डको आधिकारिक वितरक भएको छ । सो समूहले समेत आफूहरु आधिकारिक वितरक तोकिएको पुष्टि गरेको छ ।

यो भन्दा पहिले रोयल इन्फिल्ड मोटरसाइकलको डिलरसिप पनि दुगड ग्रुपबाट त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले लिएको थियो ।

Photos: Vespa Nepal, Page

Leave a Reply

Your email address will not be published. Required fields are marked *